१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैंकमा जम्मा भएको ५५ अर्ब रकमलाई उद्योगमा परिचालन गरौं : सांसद पौडेल


520
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो रकम देशका रुग्ण उद्योगहरुमा परिचालन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले अपm्ठ्यारोमा परेका उद्योगहरुमा सो रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गर्नुभयो । त्यस्तै, उहाँले देशमा ४० लाख खोप प्रयोगबिहीन अवस्थामा रहेको भन्दै प्रयोगबिहीन भएको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताउनुभयो ।

सांसद पौडेलले यस वर्ष विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउनु राम्रो भएको उल्लेख गर्दै यसैगरी अस्पतालहरुमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताउनुभयो । उहाँले किसानले समयमै मल पाउनुपर्ने पनि बताउनुभयो ।