९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सुजन चापागाईंको नयाँ गीत सार्वजनिक


117
Shares

काठमाडौं । गायक सुजन चापागाईंको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ‘फूलथुंगे रानी’ बोलको गीतमा गीतकार हर्क साउदको शब्द रहेको छ भने कुशल सिंहले एरेन्ज गरेको भिडियोलाई आर्टमान्डुले निर्माण गरेको हो ।

आर्टमान्डुको यो म्युजिकल भिडियोको निर्देशन टीममा नवीन चौहानसँगै सुरज कटुवाल पनि रहेका छन् । भिडियोमा एलेक्स विश्वकर्मा र विभूति सिटौलाको अभिनय रहेको छ ।

गायक चापागाईंको यसअघिको ‘तीनपाते’, ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘बाफ’ लगायतका गीत चर्चित छन् ।