१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मेयर र वडाअध्यक्षबीच विवाद हुँदा कार्यपालिका बैठक अवरुद्ध


481
Shares

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र वडाअध्यक्षहरु विचको विवादका कारण कार्यपालिका बैठक अबरुद्ध भएको छ । दुई महिनादेखि कार्यपालिका बैठक बस्न नसक्दा उपमहानगरपालिका संचालनमा गम्भीर समस्या भएको छ ।

वडाअध्यक्षहरुसँग भएको विवादका कारण मेयर राईले धरान १० का वडाअध्यक्ष विवेक राईलाई स्पष्टीकरण सोधेको र मेयरका स्वकिय सचिवले वडाअध्यक्षहरुलाई पत्र काटेर वडाको विवरण माग गरेपछि विवाद सुरु भएको थियो ।

धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्रविक्रम बेघाले ३१ जना कार्यपालिका सदस्यमध्य मंगलवार चार जना मात्र उपस्थित भएपछि गणपुरक संख्या नपुगेका कारण बैठक बस्न नसकिएको बताए ।

उनले कार्यपालिका बैठक बस्न नसकेका कारण नगर शिक्षा समिति गठन गर्न नसकिएको, नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाउन नसकिएको, सडक मापदण्ड निर्धारण तथा नामाकरण समस्या भएको, खानेपानी सम्बन्धी अनुमोदन, संघ र प्रदेश सरकारको बजेट फ्रिज हुन लागेको बताए ।

वडाअध्यक्षहरुले मेयर राई निरंकुश बनेको र विधि र प्रकृया मिचेर जथाभावी गर्न थालेपछी सबै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु बैठकमा सहभागी नभएको उपमहानगरको प्रवक्ता समेत रहेका धरान १७ का वडाअध्यक्ष मनोज भट्टाईले बताए ।

उनले मेयर राईले यस अगाडि गरेका गल्ती स्वीकार गरी माफी माग्नु पर्ने र विधि प्रकृयामा आएर दैनिक काम सञ्चालन गरे आफुहरु बैठकमा सहभागी हुने बताए । मंगलवारको बैठकमा मेयर राई, उपमेयर बेघा, १४ नम्ब वडाका अध्यक्ष कृष्ण भट्टराई र प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईको मात्र उपस्थित थियो ।