२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ब्राउनसुगरसहित तीन जना पक्राउ


494
Shares

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोकबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीले ब्राउन सुगर बेचबिखानमा संलग्न विश्वास धिमाल, आलोक धिमाल र उपेन्द्र खड्कालाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले खानतलासी गर्दा विश्वासको घरबाट २१ ग्राम ब्राउन सुगर फेला परेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।