२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चीनको बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ को मृत्यु


182
Shares

एजेन्सी । चीनको बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।

बेइजिङको चाङफेङ अस्पतालमा भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको हो ।

सो अस्पतालको अन्तरंग विभागबाट फैलिएको आगो अस्पताल भवनको अन्य कक्षहरुमा समेत फैलिएको थियो ।

आगलागी भए लगत्तै सोही अस्पतालमा उपचाररत ७१ जना बिरामीलाई बाहिर निकालिइएको थियो ।

आगलागी भएको आधा घण्टाका बीचमा आगो नियन्त्रणमा लिईएतापनि आगलागीका कारण ठूलो जनधनको क्षति भएको हो ।

अहिले आगलागीको कारणबारे छानबिन थालिएको छ ।