२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सम्भावना

299
Shares

काठमाडौं । लामो समयको अन्तरालपछि बुधबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ ।

बुधबार बस्ने परिषद्को बैठकबाट प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको छ ।

राजनीतिक दलहरुबीच सहमति नहुँदा संवैधानिक परिषद्को बैठक नै बस्न सकेको थिएन । जसका कारण सर्वोच्च अदालत १४ महिनादेखि नेतृत्वविहिन अवस्थामा रहेको छ ।

गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुरमा भेटवार्ता गरेपछि प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक डाक्ने सहमति भएको थियो ।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न परिषद् बैठकले सिफारिस गर्ने सम्भावना रहेको छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने गर्दछन् । जस अनुसार परिषद्मा अहिले एमालेको बहुमत रहेको छ ।