
सुनसरी । नेकपा (एमाले) धरान उपमहानगरपालिकाको अध्यक्षमा हर्कजङ एभेङ निर्बिरोध निर्वाचित हुनु भएको छ ।
स्थानीय पुनसंरचना पछिको एमाले धरान नगर कमिटीको प्रथम अधिवेशनमा एभेङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको हो ।
नगर कमिटीको सचिवमा राजेन्द्र राई पनि निर्बिरोध निर्वाचित हुनु भएकाे छ ।
यस्तै, उपाध्यक्षमा पारस काङमाङ राई र श्री राईले उम्मेद्वारी दिएका छन् । दुई सह-सचिवका लागि सात जनाले उम्मेदवारी दिएका छन् ।
उपसचिवमा लक्ष्मी बानिया, दिवस राई, शिवराज श्रेष्ठ, सुरेन्द्र घिमिरे, योगेशबाबु काफ्ले लगायतले उम्मेदवारी दिएको एमाले सुनसरीका जिल्ला सदस्य राजमणी निरौलाले बताउनुभयो । उहाँले ८५ जना सदस्यमा धेरै जसो निर्बिरोध निर्वाचित भएको बताउनुभयो ।
अध्यक्षमा निर्वाचित हुनु भएका एभेङले धरानमा अब एमालेको कुनै गुट नरहेको र आगामी निर्वाचनमा विजय हासिल गर्नेगरी पार्टीको कामलाई अगाडी बढाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्