
काठमाडौं । कान्तिपुर फिल्म एकेडेमी, काठमाडौं र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरिज ‘ब्रम्हाण्ड’को शुभमुर्हूत मंगलबारदेखि पोखरामा सुरु भएको छ ।
आठ घण्टाको यो सिरिजलाई आठ एपिसोडमा निर्माण गरिने भएको छ । रियाज नाटक्कारको लेखन तथा निर्देशन रहेको सिरिजको छायाङ्कन पुरुषोत्तम प्रधानले गर्ने भएका छन् ।
सिरिजमा सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्टसँगै एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुंगानाले अभिनय गरेका छन् ।
‘ब्रम्हाण्ड’लाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइने निर्माण युनिटले जनाएको छ । यसलाई ओटीटी प्लाटफर्ममा रिलिज गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्