८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दिल्लीस्थित एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु


767
Shares

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ ।

उहाँलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उहाँलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्‍याइएर उपचार सुरु गरिएको छ ।

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुधmाव दिएसँगै पौडेललाई भारत लगिएको हो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ ।