१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सैफ अली खान फिल्म ‘एनटीआर ३०’ मा अनुबन्धित, छायाङ्कन सुरु


975
Shares

एजेन्सी । भारतीय अभिनेता सैफ अली खान दक्षिण भारतीय फिल्म ‘एनटीआर ३०’ मा अनुबन्धित भएसँगै छायाङ्कन सुरु भएको छ ।

दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरले अप्रिल १ मा सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै आफ्नो फिल्म ‘एनटीआर ३०’ को छायांकन सुरु भएको बताएका थिए । यो फिल्ममा जुनियर एनटीआरसँगै भारतीय अभिनेत्री जान्हवी कपूर र सैफ पनि देखिनेछन् ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको बारेमा नयाँ जानकारी बहिरिएको छ । सैफले उक्त फिल्मको छायाङ्कन सुरु गरिसकेका छन् भने फिल्मको रिलिज मिति पनि सार्वजनिक भएको छ ।

फिल्म समिक्षक तरण आदर्शले सामाजिक सञ्जाल ट्विटरबाट फिल्मको बारेमा जानकारी दिएका हुन् । उनको अनुसार सैफ उक्त फिल्मको कास्टमा सामेल भएका र मंगलबारबाट फिल्मको सुटिङ सुरु भएको छ । तरणले २ वटा तस्वीर सार्वजनिक गरेका छन् जसमा जुनियर, फिल्म निर्देशक कोरतला शिवा र सैफ सँगै देखिएका छन् । यससँगै फिल्म ‘एनटीआर ३०’ अप्रिल ५, २०२४ मा रिलिज हुन लागेको तरणले बताएका छन् ।

गत महिना फिल्मको फस्टलुक र्सावजनिक भएको थियो । उक्त फस्टलुकमा जान्हवीलाई चित्रित गरिएको थियो । यो फिलमबाट जान्हवीले दक्षिण भारतीय फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी हुन् ।