२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जबजबाट समाजको अग्रगति सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल


481
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलिय जनवाद भनेको पुँजीवादी यथास्थितिवाद रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले पनि पुनःउत्थानवादीहरुको धारा देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट बडार्न जरुरी रहेको बताउनुभयो । उहाँले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने बताउनुभयो ।

उहाँले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनीहरुसँग वैचारिक संघर्षहरु गर्नुपर्ने बताउनुभयो । उहाँले दक्षिणपन्थी अवसरवादी धाराबाट समाजको अग्रगति सम्भव नरहेको जिकिर गर्नुभयो ।

सम्मानित नेता खनालले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु अर्को चुनावमा पहिलो विद्यार्थी पार्टी बन्ने दाबी गर्नुभयो ।