१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ऐन निर्माणमा प्राथमिकता तोकेर काम गछौं : मन्त्री खड्का


65
Shares

काठमाडौं । उपप्रधान, रक्षा एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरुको प्राथमिकता तोकेर छिटोभन्दा छिटो ल्याउने बताउनुभएको छ ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खड्काले ऐनहरु प्राथमिकता तोकेर अगाडि बढाउने बताउनुभएको हो ।

उहाँले कतिपय संघीय ऐनहरु संसदमा पुगेर रोकिएका र कतिपय निर्माणकै क्रममा रहेका उल्लेख गर्दै ति सबै ऐनहरुको प्राथमिकता तोकेर काम अगाडि बढाइने बताउनुभएको हो । उहाँले कानूनलाई पारित गर्ने सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भुमिकालाई व्यवस्थित ढंगले गर्ने बताउनुभयो ।

मन्त्री खड्काले ऐनहरु निर्माण गरेर जनताका अधिकारहरुको कार्यान्वयन गराउनेतर्फ सरकारको ध्यान रहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रधानन्यायाधीश नियुक्तिको सम्बन्धमा थप आनौपचारिक छलफलको आवश्यकता परेकाले बुधबार बसेको संवैधानिक परिषद्को बैठकले नियुक्ति प्रक्रिया अगाडि बढाउन नसकेको बताउनुभयो ।