१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मिटरब्याज पीडितलाई प्रहरीले दमन गरेको भन्दै नागरिक अगुवाको खबरदारी


78
Shares

काठमाडौं । नागरिक अगुवाहरुले मिटरब्याज पीडितहरुमा प्रहरीले दमन गरेको भन्दै खबरदारी गरेका छन् ।

बुधबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नागरिक अगुवाहरुको टोलीले मिटरब्याज पीडितहरुमाथि प्रहरीले दमन गरेको भन्दै खबरदारी गरेका हुन् ।

प्रदर्शनमा देशका विभिन्न स्थानहरुबाट आएका मिटरब्याज पीडितहरु पनि प्ले कार्ड बोकेर बिरोधमा उत्रिएका थिए । उनीहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग समेत गरेका छन् ।

उनीहरुले मन्त्रीज्यु कान जँचाउ, आँखा जँचाउ, सबै ठिक भए दिमाग जँचाउ, प्रहरी मेरो साथी द्वन्द्व नछेडाउ, सुद्खोरलाई देखाउने लाठी हामीलाई नदेखाउ, जनवादी गृहमन्त्री कहाँ गए, साहुको धोती मुनि हराए लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।

यसअघि पनि मिटरब्याज पीडितहरुले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै आन्दोलन गर्दै आइरहेका छन् ।