
web pic
काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा बिहीबार दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित टियु मैदानमा सिंगापुर र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, मुलपानी मैदानमा मलेसिया र साउदी अरेवियाबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै खेल बिहीबार बिहान ९ बजे सुरु हुनेछ ।
सिंगापुर दोस्रो खेलमा पहिलो जित निकाल्न चाहान्छ । पहिलो खेलमा सिंगापुर हङकङसँग ८ विकेटले पराजित भएको थियो ।
पहिलो खेल खेल्दै गरेको बहराइन जितका साथ प्रतियोगिता सुरूवात गर्न चाहन्छ ।
यसैगरी, मलेसिया दोस्रो खेलमा पहिलो जित निकाल्न चाहान्छ । मलेसिया आफ्नो पहिलो खेलमा घरेलु टोली नेपालसँग ६ विकेटले पराजित भएको थियो ।
साउदी अरेविया पनि आफ्नो पहिलो खेलमा जित निकाल्दै प्रतियोगिता सुरूवात गर्ने लक्ष्यमा हुने छ ।
प्रतिक्रिया दिनुहोस्