१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा


494
Shares

एजेन्सी । पोर्चुगलको बेन्फिकालाई हराउँदै इटालीको इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ ।

क्वाटरफाइनल अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा बेन्फिकासँग ३–३ को बराबरी खेलेपनि समग्रमा ५–३ ले विजयी हुँदै इन्टर सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा इन्टरले बेन्फिकालाई २–० ले हराएको थियो ।

इटालीमा भएको दोस्रो लेगमा खेलको १४ औं मिनेटमा निकोलो बरेलाले गोल गर्दै इन्टरलाई सुरूवाती अग्रता दिलाएका थिए ।तर, ३८ औं मिनेटमा फ्रेडरिक और्सनेसले गोल गर्दै बेन्फिकालाई १–१ को बराबरीमा ल्याए ।

६५ औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई २–१ को अग्रता दिलाए । त्यस्तै, ७८ औं मिनेटमा जोआक्विन कोरेयाले गोल गर्दै इन्टरलाई ३–१ को अग्रता दिलाए । ८६ औं मिनेटमा एन्टोनियो सिल्भाले गोल गर्दै बेन्फिकालाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि, इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा पिटर मुसाले गोल गर्दै बेन्फिकालाई ३–३ बराबरीमा ल्याए ।

इन्टर मिलानले अब सेमिफाइनलमा आफ्नै देशको प्रतिद्वन्द्वी एसी मिलानसँग खेल्नेछ ।