२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै


13
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछ ।

ललितपुरको एन्फा मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा थ्रि स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।

थ्रि स्टार पाँचौं तथा हिमालयन शेर्पा तेस्रो जितको खोजीमा हुनेछन् ।

थ्रि स्टार १५ अंकका साथ तेस्रो स्थानमा रहँदा हिमालयन शेर्पा ९ अंक जोडेर १३ औं स्थानमा छ ।

यसैगरी, बिहीबार नै साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेडले सातदोबाटो युथ क्लबको सामना गर्नेछ ।

पहिलो पटक एक डिभिजन लिग खेलिरहेका सातदोबाटो र चर्च क्वाइजले जारी लिगमा शानदार प्रदर्शन गरिरहेका छन् ।

९ खेलबाट १७ अंक जोडेको सातदोबाटो तालिकाको दोस्रो स्थानमा रहेको छ । बिहीबारको खेल जितेको खण्डमा सातदोबाटोले २० अंकसहित शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई भेटाउनेछ ।

१५ अंक जोडेको चर्च ब्वाइज भने तालिकाको छैटौं स्थानमा छ ।