
काठमाडौं । आज (बिहीबार) सूर्यग्रहण लाग्दै छ । यद्यपी नेपालबाट भने सूर्यग्रहण नदेखिने बताइएको छ ।
नेपालबाट सूर्यग्रहण नदेखिने भएकाले कुनैपनि दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्यग्रहण लाग्दैछ । तर यी तीनै पटकका ग्रहण नेपालबाट देखिने छैनन् । बिहीबार लाग्ने ग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिन्छ ।
कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्