
काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार दुई खेल हुँदैछ ।
बिहीबार हुने पहिलो खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कोलकत्ता नाईट राईडर्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।
पन्जाब र बेंग्लोरबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । बिहीबार नै हुने कोलकत्ता र दिल्लीबीचको दोस्रो खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
पन्जाब ६ अंकका साथ पाँचौ स्थानमा रहेको छ भने बेंग्लोर ४ अंकका साथ आठौं स्थानमा रहेको छ ।
यस्तै, कोलकत्ता ४ अंकका साथ सातौं स्थानमा रहेको छ भने कुनै अंक जोड्न नसकेको दिल्ली पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्