२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भारतीय गायिका पामेला चोपडाको निधन


1.105k
Shares

एजेन्सी । भारतीय फिल्म निर्माता स्वा. यश चोपडाकी पत्नी गायिका पामेला चोपडाको निधन भएको छ ।

पामेलाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको निधनको खबर यशराज फिल्म्सको इन्स्टाग्राम पेज मार्फत सार्वजनिक गरिएको छ । पामेलाको बिहीबार बिहान निधन भएको हो । उनको बिहीबार मुम्बईमा अन्तिम संस्कार गरिने छ ।

पामेला एक प्रसिद्ध गायिका थिइन् र उनले धेरै सुपरहिट फिल्मको गीतहरूमा संगीत दिएकी थिइन् । पामेला फिल्म निर्देशक आदित्य चोपडा, अभिनेता उदय चोपडाको आमा र अभिनेत्री रानी मुखर्जीको सासु हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार पामेला लामो समयदेखि गम्भीर रोगबाट ग्रसित थिइन् । १५ दिनदेखि मुम्बईको लीलावती अस्पतालमा भर्ना भएकी उनको भेन्टिलेटरमा राखेपनि स्वास्थ्यमा कुनै सुधार नभइ बिस्तारै स्वास्थ्य बिग्रदै गयो र अन्ततः निधन भयो ।

पामेला एक प्रसिद्ध गायिका, फिल्म लेखक र निर्माता थिइन्। पामेलाले कभी कभी, दूसरा आदमी, त्रिशूल, चाँदनी, लम्हे, डर, सिलसिला, काला पत्थर, दिलवाले दुल्हनिया ले जायेंगे र मुझे दोस्ती करोगे जस्ता फिल्ममा अभिनयका साथै गीत पनि गाएकी थिइन् ।