
काठमाडौं । विभिन्न १५ वटा निर्माण कम्पनी कालो सूचीमा परेका छन् ।
सन्तोषजनक काम नभएका निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखिएका १५ निर्माण कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक सूची अनुसार शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एस.ए.एस कन्स्ट्रक्सन प्रालि विराटनगरलाई ३ वर्षसम्म कालोसूचीमा राखिएको छ । उक्त कम्पनीलाई कालोसूचीमा राख्न हिलिहाङ गाउँपालिका पाँचथरले सिफारिस गरेको थियो ।
यसैगरी, दीपक सापकोटा मुख्य व्यक्ती रहेको शंकरमाली निर्माण सेवा प्रालि,गोकर्ण प्रसाद पण्डित मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन प्रालि, राजुप्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष तीन महिना कालो सूचीमा राखिएको छ । बाँकी अन्य कम्पनीहरु भने एक वर्ष कालोसूचीमा परेका छन् ।
कालो सूचीमा परेको अवधिभर ती कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्