
एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्डन्नाको आगामी फिल्म ‘पुष्पा २’ को निर्माण कम्पनी मैत्री मुभि मेकर्सको घर तथा कार्यालयमा आयकर विभागले छापा मारेको छ ।
भारतीय सञ्चार माध्यमका अननुसार फिल्मका निर्देशक सुकुमार र उनको निर्माण कम्पनी मैत्री मुभि मेकर्स आयकर विभागको घेरामा परेका छन् । बिहीबार बिहानैदेखि निर्देशक सुकुमार र निर्माताको घर तथा कार्यालयमा आयकर विभागले छापा मारिएको छ । यद्यपी छापा मार्नुको कारण भने हालसम्म प्राप्त भएको छैन ।
निर्देशक सुकुमार दक्षिण भारतका चर्चित निर्देशक हुन् । सुकुमार यतिबेला फिल्म ‘पुष्प २’ मा व्यस्त छन् । फिल्म निर्देशनका अलावा सुकुमारको आफ्नै प्रोडक्सन हाउस पनि छ । जसको नाम सुकुमार लेखन हो। यसमार्फत सुकुमारले धेरै फिल्ममेकरसँग काम गरिरहेका छन् ।
यस्तै, मैत्री मुभी मेकर्सको कुरा गर्ने हो भने यो दक्षिण भारतीय फिल्म उद्योगको ठूलो फिल्म निर्माण कम्पनी हो । जसका मालिक नवीन येर्नेनी र वाई रविशंकर हुन् । जुन अहिले आयकर विभागको अनुसन्धानमा छन् ।
यस प्रोडक्सन ब्यानरमा ‘पुष्पा द राइज’ र ‘पुष्पा द रुल’ बाहेक ‘उपेन्ना’, ‘जनता ग्यारेज’, ‘रंगस्थलम’ जस्ता क्लासिक फिल्म बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्