
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता भएको बताउनुभएको छ ।
बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आफू र उपेन्द्र यादव एउटै मन्त्रिपरिषद्मा बसेर काम गरेको र यादवले सधै मधेशको अधिकारका लागि आफूसँग झगडा गरेको बताउनुभयो ।
सभापत देउवाले उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिन मतदातासंग आग्रह गर्नुभयो । उपेन्द्रको पाँचवर्षे कार्यकाल हेर्न र चित्त नबुझे अर्को चुनावबाट विकल्पमा सोच्न समेत उहाँको सुझाव छ ।
बैशाख १० गते बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि गठबन्धन दलको सहयोगमा जनता समाजवादी पार्टी अध्यक्ष यादव उमेदवार बन्नु भएको हो ।
यादव गएको मंसिरमा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टी अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्