
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही महिनाभित्रै अब पनि रहने हो भने वृद्धभत्ता रोक्ने निश्चत रहेको बताउनुभएको छ ।
बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विदेशीले समेत नपत्याएको यो सरकारसँग पैसा नै नभएकाले सरकारले दिँदै आएको वृद्धभत्ता रोकिने र प्रहरीलाई कपडा फेर्न समेत नपाउने तर्क गर्नुभयो ।
उहाँले मुलुकमा साँच्चै पैसा नभएको भन्दै सरकारले पैसा आउने कामै नगरेको बताउनुभयो । उहाँले गठबन्धन सरकार नपछारेसम्म देशको विकास नहुने दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्