१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एलन मस्कको नयाँ रकेट पहिलो उडानमै विस्फोट

अन्तरिक्षमा पर्यटक लैजाने योजनामा धक्का

169
Shares

एजेन्सी । अर्बपति धनाढ्य एलन मस्कको स्पेस एक्स कम्पनीको विशाल नयाँ रकेट आफ्नो पहिलो उडानमै विस्फोट भएको छ ।

पर्यटकलाई अन्तरिक्ष भ्रमण गराउने योजना बनाइरहेका मस्ककोलाई रकेट विस्फोट भएपछि धक्का लागेकाे हाे । अमेरिकाको टेक्सस राज्यको पूर्वीतटबाट स्थानीय समय अनुसार बिहीबार बिहान उडेको स्टार शिप नाकमो रकेट परीक्षण उडानको ४ मिनेटमै विस्फोट भएको हो ।

रकेटमा अन्तरिक्ष यात्री नभएकाले मानवीय क्षति भने नभएन जनाइएकाे छ । उडानको २ देखि ३ मिनेटपछि रेकट नियन्त्रण बाहिर गएर अन्तरिक्षमै विस्फोट भएको हो । यो रकेट अहिलेसम्म बनेको सबै भन्दा ठूलो रकेट थियो ।

परीक्षण उडान असफल भएपछि मस्कले आफ्नो कम्पनीले अब केही महिनापछि पुनः प्रयास थाल्ने बताएका छन् । स्पेस एक्स कम्पनीको दोस्रो रकेट पनि उडानका लागि तयार भइरहेको जनाइएकाे छ ।

अमेरिकामा रकेट प्रक्षेपणको इजाजत दिने संघीय उड्डयन प्रशासनले रकेट विस्फोटको अनुसन्धान गर्ने जनाएकाे छ ।