
एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने भएको छ ।
श्रीलंकाको कृषि मन्त्रालयका वरिष्ठ अधिकारी गुणादास समरसिंघेले चीनको जुलजिकल गार्डेनको माग अनुसार १ लाख बाँदर चीन पठाइने पुष्टि गर्नुभएको हो । बाँदरको बढ्दो संख्याका कारण बालीनालीमा ब्यापक रूपमा क्षति भइरहेकाले त्यसबाट मुक्ति पाउन पनि बाँदर निकासी गर्न लागेको वरिष्ठ अधिकारी समरसिंघेकाे भनाइ छ ।
त्यहाँबाट टोकमकाकी प्रजातिको बाँदर निकासी गरिने भएकाे छ । उक्त प्रजाति विश्वमै दुर्लभ बाँदरमा पर्ने विज्ञहरुले बताएका छन् । श्रीलंकाबाट लगिने बाँदर चीनका १ हजार चिडियाघरमा राखिने जनाइएकाे छ । बाँदर निकासीकै लागि श्रीलंकाले पशुपंक्षी निकासी प्रतिबन्ध सम्बन्धि कानूनमा समेत संशोधन गरिसकेको छ ।
पछिल्लो समय श्रीलंकामा बाँदरको संख्या बढेर २५ देखि ३० लाख पुगेको अनुमान गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्