
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
शुक्रबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेश र देशका बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ। त्यस्तै, तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।
शुक्रबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ। त्यस्तै, तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्