
एजेन्सी । दिल्ली क्यापिटल्सले भारतमा जारी रहेको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ ।
बिहीबार घरेलु मैदानमा भएको खेलमा कोलकता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै दिल्लीले पहिलो जित हात पारेको हो । यसअघि, दिल्लीले लगातार पाँच खेलमा हार व्यहोरेको थियो ।
जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीका लागि कप्तान डेबिड वार्नरले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, मनिष पान्डेले २१, अक्षर पटेलले अविजित १९ तथा पृथ्वी शाले १३ रन बनाए ।
कोलकत्ताका लागि अनुकुल रोय, वरुण चक्रवर्ती र कप्तान नितिश राणाले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारिक ओभरको अन्तिम बलमा अलआउट हुँदै १ सय २७ रन मात्र बनायो ।
कोलकत्ताका लागि जेसन रोयले ४३, आन्द्रे रसलले अविजित ३८ तथा मन्दिप सिंहले १२ रन बनाए । कोलकत्ताका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दिल्लीका लागि एनरिच नोर्किया, अक्षर पटेल, कुलदिप यादव र ईशान्त शर्माले समान २/२ तथा मुकेश कुमारले १ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्