१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘कमेडि विथ च्याम्पियन’ मा सहभागी भएपछि ‘प्रसाद २’ का कलाकारको प्रतिक्रिया…


169
Shares

काठमाडौं । ‘कमेडि विथ च्याम्पियन’ मा सहभागी भएपछि ‘प्रसाद २’ का कलाकारहरूले दरै व्यंग्य खानु परेको बताएका छन् ।

अभिनेता विपिन कार्कीले बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै ‘कमेडि विथ च्याम्पियन’ मा सहभागी भएपछि दरै व्यंग्य खानु परेको बताएका हुन् । ‘प्रसाद २’ का सबै कलाकारहरु चलचित्रको प्रचारका लागि ‘कमेडि विथ च्याम्पियन’ मा बिहीबार सहभागी भएका थिए । सोही क्रममा कलाकारहरुले आफूहरुलाई दरै व्यंग्य गरेकाे बताएका छन् ।

‘कमेडि विथ च्याम्पियन’ मा सहभागी भएपछि अर्का अभिनेता अपर्ण थापाले पनि दर्शकले चलचित्रका पात्रहरुलाई जति सक्दो छिट्टाे प्रतिक्रिया दिनुपर्ने बताएका छन् । अपर्णले दर्शकले जति सक्दो चलचित्रका पात्रहरुलाई गाली गरेको मन पर्ने बताएका छन् ।

‘प्रसाद २’ मा आफूले अन्य चलचित्रमा भन्दा धेरै समय पात्रमा भिज्ने मौका पाएको समेत अपर्णले बताएका छन् । विपिनले पनि प्रसादको कथा वस्तु सानो विषयमा रहेको र अहिलेको प्रसाद २ मा झनै बढी दर्शकहरुलाई रमाइलो लाग्ने बताएका छन् ।

त्यस्तै, चलचित्रकी अभिनेत्री केकी अधिकारीले आफू घरकै मान्छे भएकाले व्यंग्य गर्न कसैले नछोडेको बताएकी छन् । उनले आफ्नो बारेमा व्यंग्य गर्नका लागि धेरै कुराहरु रहेकाले कलाकारहरुलाई सहज भएको भएकाे बताएकी छन् ।

यहि वैशाख १५ गतेदेखि चलचित्र’ प्रसाद २’ देशभर प्रदर्शन हुने भएकाे छ ।