
काठमाडौं । धनगढी उपमहानगरपालिका र प्रदेश सरकारबीच धनगढीको डुवान समाधान गर्न सहकार्य हुने भएको छ ।
धनगढी उपमहानगरका विभिन्न ठाउँमा वर्षायाम सुरु भएसँँगै डुवान हुने समस्या समाधानका लागि प्रदेश भौतिक मन्त्रालय र धनगढी उपमहानगरपालिकाबीच सहकार्य हुने भएको हो ।
सुदूरपश्चिम भौतिक पूर्वाधार विकास मन्त्रालयमा बिहीबार धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालसहित बैठक बसी धनगढीको डुवान हटाउने विषयमा छलफल भएको हाे । प्रदेश सरकार र उपमहानगरपालिका मिलेर डुवान समस्या समाधानका लागि अघि बढ्ने निर्णय गरिएको हाे ।
धनगढी उपमहानगरका विभिन्न ठाउँमा प्रत्येक वर्ष डुवानको समस्या समाधानका लागि काम भए पनि समस्या समाधान भने हुन सकेकाे छैन ।
प्रतिक्रिया दिनुहोस्