
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी बिहीबार राति तोडफोड भएको छ ।
वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी बिहीबार दमौलीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको हाे ।
दमौलीको एक होटल बाहिर राखिएको मारूती गाडी तोडफोड भएको हो । सडकमै पार्किङ गरिएको गाडी तोडफोड भएको सूचना बिहान पाएलगत्तै अनुसन्धान थालेको पनि प्रहरीले बताएको छ ।
कसले तोडफोड गरेको हो भन्ने खुल्न भने सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्