६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अभिनेत्री गरिमा पन्त दोस्रो सन्तानको तयारीमा


42.77k
Shares

काठमाडौं । लामो समयदेखि अभिनय क्षेत्रबाट टाढा रहेकी अभिनेत्री गरिमा पन्त फेरि आमा बन्ने भएकी छन् ।

उनले सो कुराको जानकारी आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत छोरी र श्रीमासँगको तस्बिर सार्वजनिक गर्दै दिएकी हुन् ।

२०७८ सालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिइ सकेकी गरिमाले नयाँ वर्षको अवसर पारेर आफू फेरि आमा बन्न लागेको तस्बिरमार्फत बताइन् । उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘नयाँ वर्षको उमङ्गसँगै नयाँ खुशीको आगमनले हर्षित बनेका छौं, गतिशील समय प्रगतिशील बनोस सबैमा शुभकामना । ’’

गरिमाले बिहीबार सार्वजनिक गरेको तस्बिरमा उनको ‘बेबी बम्प’ स्पष्ट देखिएको थियो । विगत लामो समयदेखि उनी श्रीमान र छाेरीसँग बेल्जियममा बस्दै आएकी छन् ।

गरिमाको करिअरको अन्तिम उत्कृष्ट चलचित्रको रुपमा ‘झोला’लाई लिइन्छ । यो चलचित्रबाट उनले राष्ट्रिय अवार्डदेखि सार्क अवार्डसम्म जित्न सफल भएकी थिइन् ।