
फाइल तस्बिर
काठमाडाैं । नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे।उहाँले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न सुझाव दिनुभएको हो । उहाँले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताउनुभयो ।
नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताउनुभयो । हरेका कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यक्ता रहेको उहाँले बताउनुभयो।
नैतिकवान राजनीतिज्ञ मात्रै सधैंभर आफ्नो उचाइमा बसिरहन सक्षम हुने नेता खनालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्