१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाललाई रुसले रासायनिक मल र गहुँ उपलब्ध गराउने


1.976k
Shares

काठमाडौं । नेपाललाई रुसले रासायनिक मल र गहुँ उपलब्ध गराउने जनाएको छ ।

रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताएको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्कोबीच भएको भेटमा नेपाल र रुसबीचको सिधा हवाई सेवा सुचारु गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।

भेटमा नेपाललाई खाद्यान्न, रासायनिक मल, हेलिकोप्टर र मोटरसाइकल उपलब्ध गराउने विषयमा छलफल भएको जनाइएको छ ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा उर्जा, पर्यटन, व्यापार क्षेत्रमा लागनी अभिवृद्धि र यातयात क्षेत्रको पूर्वाधार विकासमा सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै नेपालमा राजनीतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकाले पूर्वाधार र उर्जा क्षेत्रमा रुसी लगानी भित्रने विश्वास व्यक्त गर्नुभएको थियो ।