
काठमाडौं । मोरङको ग्रामथान गाँउपालिका-२ झोराहाट स्थितमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेफ फोडी नगद चोरी तथा डाका गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ग्रामथान गाँउपालिका-५ मोरङका ४० वर्षीय दिलिप कुमार चौधरी, २८ वर्षीय ईरज धामी, सर्लाही लालबन्दी-२ का ३५ वर्षीय मिथुन पासवान र सर्लाही ईश्वरपुर(५ का २६ बर्षीय मिथिलेश महत्तो रहेका छन् ।
उनिहरुले गत चैत्र २ गते राति बैंकको ढोका फोडी फलामको सेफ बाकसमा राखेको नगद ७ लाख ७७ हजार १८ रुपैयाँ चोरी गरेका थिए । बैंकबाट रकम चोरी भएको जानकारी प्राप्त भएसंगै इलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले उनिहरुलाई सर्लाहीको विभिन्न स्थानमा लुकिछिपि वसेको अवस्थामा पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका उनिहरुलाई मोरङ जिल्ला अदालतले तीन जनालाई पुर्पक्षको लागि कारागार पठाईएको र मिथिलेस महतो २ लाख रुपैयाँ धरौटीमा छुटेको साथै घटना सम्बन्धमा अन्य अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्