
एजेन्सी । युक्रेनमा आक्रमण गर्ने उद्देश्य सहित उडेको रुसी लडाकु बिमानले भुलबस आफनै शहरमा आक्रमण गर्दा तीन जना घाइते भएका छन् ।
युक्रेनको सीमा नजिक बेलगोरोद शहरमा भएको बम आक्रमणमा दुई महिला र एक पुरुष घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आक्रमणमा केही भवनमा क्षति पुग्नुका साथै दर्जनौ सवारीसाधन नष्ट भएको बताइएको छ । घटना बारे रुसी रक्षा मन्त्रालयले अुनसन्धान थालेको छ ।
गत मार्च महिनामा चीनका राष्ट्रपति सी जिङपिङ र रुसी समकक्षी भ्लादमिर पुटिनबीच मस्कोमा युक्रेन युद्ध अन्त्य गर्ने विषयमा महत्वपूर्ण छलफल गरेका थिए । चीनको समकक्षी संगको भेटममा चीनले रुस र युक्रेनबीच वार्तामार्फत् समस्या समाधान हुनुपर्नेमा जोड दिँदा पुटिनले चिनियाँ योजनाले युक्रेन युद्ध अन्त्य गर्नसक्ने बताएका थिए । यद्दपी यी दुई देशबीचको द्धन्द्ध अन्त्य हुने संकेत देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्