२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दिउँसाे र राति देशका अधिकांश भागमा वर्षा हुने


195
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

शनिबार बिहान कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो भने कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ। दिउँसाेपछि पश्चिम तराईका केही तथा पहाडी भू-भागका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।

शनिबार राति भने कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनर-ट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।