
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।
खुमलटार चौथो र मनाङ पाँचौं जितको खोजीमा हुनेछन् ।
खुमलटार १० अंकका साथ १२ औं स्थानमा रहँदा मनाङ १५ अंक जोडेर छैटौं स्थानमा छ ।
रंगशालामै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाईटेड भिड्नेछन् । यो खेल साँझ ६ बजे सुरु हुनेछ ।
जावलाखेल सातौं तथा चर्च ब्वाइज पाँचौं जितको खोजीमा हुनेछन् ।
जावलाखेल २० अंकका साथ शीर्ष स्थानमा रहँदा चर्च ब्वाइज १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस्तै, ललितपुरको च्यासल मैदानमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।
मछिन्द्र र फ्रेन्ड्स दुवै चौथो जितको खोजीमा हुनेछ ।
मछिन्द्र १३ अंक जोडेर नवौं स्थानमा रहेको छ भने फ्रेन्ड्स ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्