१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पीएसजीले एन्जर्सलाई हरायो


910
Shares

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा एन्जर्सलाई हराएको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–१ ले हराएको हो ।

खेलको नवौं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरूवाती अग्रता दिलाए । २६ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८७ औं मिनेटमा साडा थिऔबले गोल गर्दै एन्जर्सलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि थप गोल हुन नसकेपछि पीएसजीले खेल २–१ ले आफ्नो पक्षमा पार्‍यो ।

जितसँगै पीएसजी लिगको उपाधि नजिक पुगेको छ । शीर्षस्थानमा रहेको पीएसजीको ७५ अंक पुगेको छ । एक खेल कम खेलेको मार्सेको ६४ अंक छ । पराजित एन्जर्स १४ अंक जोडेर पुछारमा छ ।