
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसलाई विविध कार्यक्रम गरी नेकपा एकीकृत (समाजवादी) पार्टीले मनाउँदैछ ।
समाजवादीकाे यहि वैशाख ३ गते बसेको सचिवालयकाे बैठकले शनिबार कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस मनाउने निर्णय गरेकाे थियाे । साेही निर्णय अनुसार समाजवादीले काठमाडौंसहित प्रत्येक प्रदेश र जिल्लामा विभिन्न कार्यक्रम गरी शनिबार स्थापना दिवस मनाउन लागेको हो ।
प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो अनुकूलतामा कार्यक्रम गर्न मातहतका कमिटीलाई निर्देशन दिइएको बताउनुभयाे । नेपालमा कम्युनिस्ट पार्टी फुटको श्रृंखला देखाउने मध्ये समाजवादी पनि एक हो ।
समाजवादी पार्टी नेकपा एमालेबाट छुटेर बनेको हाे ।
प्रतिक्रिया दिनुहोस्