६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नियमित खोप लगाउन छुटेका बालबालिकालाई फेरी लगाइने


13
Shares

काठमाडाैं । सरकारले नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाका लागि फेरी पनि खोप अभियान सञ्चालन गर्ने भएको छ ।

खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाका लागि यहि वैशाख १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ ।

घर छिमेकमा कसैले खोप लगाउन छुटेको भए खोप लगाउनको लागि समन्वय गरिदिन पनि मन्त्रालयले आग्रह गरेकाे हाे । मन्त्रालयका अनुसार जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन् ।

जसका कारण बृहत खोज र खोप अभियान सञ्चालन गरेर सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन लागिएको मन्त्रालयले जनाएको छ ।