२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


झापामा जंगली हात्तीको आक्रमणमा परी वृद्धको मृत्यु


611
Shares

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिकामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–५ का खारखोलाका ७० वर्षीय भीमबहादुर भट्टराई रहेका छन् ।

शनिबार बिहान बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।