१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


धनगढीकाे मोहनापुल अत्तरिया सडकमा ट्राफिक संकेत


52
Shares

काठमाडाैं । धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक संकेतहरु राख्न थालेको छ ।

मोहनापुल अत्तरिया ६ लेन सडकमा सवारी चालक र पैदल यात्रीहरुले जथाभावी लेन प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेकाे हाे । जसका कारण पछि धनगढी उपमहानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले ठाउँ–ठाउँमा ट्राफिक संकेतहरु राख्न थालेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र जोहारीसहितकाे टाेलीले धनगढी चौराहदेखि मिलनचोक, बोराडाँडी र राजपुरखण्डमा सांकेतिक चिन्ह अंकित बोर्ड लगाइरहेकाे छ । प्रमुख ट्राफिक प्रहरी निरीक्षक जोहोरीले ६ लेन सडकमा जथाभावी रुपमा लेन प्रयोग गरिन थालेपछि दुर्घटनाको जोखिम बढेको बताउनुभयाे ।

दुर्घटनाको जोखिमलाई न्यूनिकरण गर्दै लेन प्रयोगमा एकरुपता ल्याउन सडक क्षेत्रमा सांकेतिक चिन्हहरु राख्न लागिएको उहाँकाे भनाइ थियाे ।