
काठमाडौं । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को प्रचारमा चलचित्र टिम जुटेको छ ।
आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको टिममा प्रचार-प्रसारको धपेडी सुरु भएको हो ।
अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङलगायत चलचित्रको टीमले शुक्रबार बुटवलमा तिलोत्तमा तथा क्षितिज कलेजका विद्यार्थी भेटघाट, माइकिङ्ग र फ्लेक्स सहित अटो र्याली, चिया भेट तथा पत्रकार भेटघाट गरेको थियो ।
यस्तै, शनिबार चलचित्र टीमले नेपालगञ्जस्थित क्यूएफएक्सको बागेश्वरी हलमा दर्शकसँग भेट गर्नेछन् । सोही क्रममा उक्त टिमले दाङमा समेत पत्रकार भेटघाट गर्ने कार्यक्रम गर्नेछन् ।
कोरियोग्राफर रेनशा वान्तवा राईको निर्देशनमा बनेको यस चलचित्रमा धिरज र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार र सुशान्त गौतमको पनि अभिनय रहेको छ ।
चलचित्रको प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेका छन् भने चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बास्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
चलचित्र आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस्