
काठमाडौं । कतारले एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेवियालाई २ सय १७ रनको मध्यम लक्ष्य दिएको छ।
शनिबार टियु क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा टस हारेर पहिलाे ब्याटिङको निम्तो पाएको कतार ४९ दशमलव ५ ओभरमा २ सय १६ रनमा अल आउट भएकाे हाे । कतारका मोहम्मद तनविरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाएका छन् ।
ओपनर कमरान खान ३९ बलमा ७ चौकासहित ३६ रनमा आउट भए । तीव्र गतिका बलर अतिफ उर रहमानले ओपनर जाहिर इब्राहिमलाई एक रनमा बोल्ड आउट गरेका थिए ।
अतिफकै बलमा कामरन खान क्याच आउट भएका थिए । विकेटकिपर इमाल लियांगे ३१ बलमा ६ चौकासहित ३१ रनमा आउट भएका थिए । कप्तान मोहम्मद रिजलान ३९ बलमा ४ चौकासहित २८, इक्रामउल्लाह खान १४ र आमिर फारुक ४ रनमा आउट भए ।
तल्लोक्रमका खुराम शाहजाद ४३ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा आउट भएका थिए । सनदुन विथानागे १५ बलमा २ चौकासहित १४ रनमा अविजित रहेका थिए ।
साउदीका तीव्र गतिका बलर इश्तिक अहमदले ९ दशमलव ५ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले समान दुई विकेट लिएका हुन् ।
साउदी अरेबिया अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्