
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको बताउनुभयाे ।उहाँले कम्युनिष्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हावी भएको बताउनुभयो ।
उहाँले सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्ति शाली ठान्ने प्रवृत्ति व्याप्त रहेको पनि बताउनुभयो । उहाँले अरुलाई मान, सम्मान र मर्यादा गर्ने नभइ सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दावी गर्नुभयो । उहाँले कसरी असल संस्कार भएका कम्युनिष्ट बन्ने भन्ने बारेमा बृहत छलफल र बहस गर्न जरुरी रहेको बताउनुभयो ।
सच्चा कम्युनिष्टहरु एक ठाउँमा मिल्नुको विकल्प नरहेको अध्यक्ष नेपालले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्