
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको बताउनुभएको छ। यसलाई बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको उहाँको भनाइ छ ।
शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभइ देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा विचलन देखिएको दावी गर्नुभयो ।
समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने हो की भन्ने डर पलाएको भन्दै उहाँले गत निर्वाचनमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डा भन्दा मान्छे सेन्टिमेण्टलाई प्रश्रय दिएकोप्रति दुःख व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौति आफूसमक्ष रहेको बताउनुभयो । यसअघि १५३ औं लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री दाहालले नेपाली जनतालाई सामाजिक न्यायसहित समृद्धिको नयाँ युगमा पु¥याउन सरकार कटिबद्ध रहेको बताउनुभएको थियो ।
शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व सरकारसामु रहेको उहाँको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्