
काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराएको छ ।
च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्सलाई हराउन मछिन्द्रका चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले एक एक गोल गरे । फ्रेन्ड्सका राफिक अमिनुले एक गोल फर्काए ।
जारी लिगमा मछिन्द्रको यो चौंथो जित हो । मछिन्द्रले ११ खेलमा १६ अंक जोडेको छ । फ्रेन्ड्सले ११ खेलमा ११ अंक जोडेको छ।
आजै भएको अर्को खेलमा मनाङ मसर््याङ्दी क्लब एफसी खुमलटारसँग २–१ गोल अन्तरले पराजित भएको छ ।
खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे । मनाङका कोफी टिमोथी कुडोले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा कोफी टिमोथी कुडो पेनाल्टीमा चुक्दा मनाङले हार व्यहोर्नु परेको हो ।
जारी लिगमा खुमलटारको यो चौंथो जित हो । खुमलटारले ११ खेलमा १३ अंक जोडेको छ । मनाङको यो लगातार चौंथो हार हो । मनाङले ११ खेलमा १५ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्