
एजेन्सी । सेफिल्ड युनाईटेडलाई हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको सेमिफाइनलमा सिटी सेफिल्डलाई ३–० ले हराउँदै फाइनलमा पुगेको हो ।
खेलको ४३ औं मिनेटमा महरेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ६६ औं मिनेटमा महरेजले ह्याट्रिक पूरा गर्दै सिटीलाई ३–० को जित दिलाए ।
अब सिटीले उपाधिका लागि म्यानचेस्टर युनाईटेड र ब्राइटनबीचको विजेतासँग खेल्नेछ ।
शनिबार रातिको जितसँगै सिटीले यो सिजन तीनवटा उपाधि जित्ने सम्भावना जिवित राखेको छ । सिटी एफ.ए कपको फाइनलमा पुगेको छ भने युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ ।
यसैगरि इंग्लिस प्रिमियर लिग फुटबलमा पनि उपाधि जित्ने सम्भावना जिवित छ । लिगमा शिर्ष स्थानको आर्सनलभन्दा दुई खेल कम खेलेको सिटी ५ अंकले पछाडि छ । यही बुधबार हुने खेलमा सिटीले आर्सनलको सामना गर्नेछ । उक्त खेललाई प्रिमियर लिगको उपाधि होडमा निर्णायक मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्