२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बुटवलबाट बाग्लुङ जाँदै गरेको बस पाल्पामा दुर्घटना, एक महिलाको मृत्यु


754
Shares

काठमाडौं । बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार बिहान पाल्पामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

लु १ ख ५९५६ बस पाल्पाको जोरधारामा भएको दुर्घटनामा १८ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

अधिकांश घाइतेहरूको अवस्था गम्भीर रहेको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकबाट निकै तल खसेको बस खोंचमा अड्किएको छ । बसमा रहेकाहरुको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।

बसमा कति यात्रु थिए भन्नबारे भने खुलसा भइसकेकाे छैन ।