१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घट्यो सुनचाँदीको मूल्य


7.436k
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९ सय रूपैयाँले घटेर एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ५ रूपैयाँले घटेर १ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।